
काठमाडौं । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ ।
विराटनगर महानगरपालिका–८ का २८ वर्षीय निर्दोष संग्रौलामाथिमाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।
भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको थियो । गोली प्रहार हुँदा त्यसको छर्राले उनको तिघ्रामा लागेको प्रहरीले बताएको छ।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छन् । उनको वायाँ तिघ्रामा गोली लागेको हो ।
घाइते रहेका संग्रौला खतरामुक्त छन्। गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन।