
ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।उनको दाहिने खुट्टामा गोली लागेको छ । घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
राईको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको प्रहरीले जानकारी दिए ।