तनहुँमा ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट

तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारू रहेका छन् ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर