
बैतडी । बैतडीमा छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका–३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको आरोपमा एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्द रहेका छन् ।
चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा नै मृत्यु भएको थियो ।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।