एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार

दियोपोस्ट संवाददाता

काठमाडौं । पूर्व–पश्चिम संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो ।

स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ओलीमाथि लेगुवाकै महेश राई नामको व्यक्तिले मुक्का प्रहार गरेका हुन् । एक मुक्का प्रहारको प्रयासलगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाले नियन्त्रणमा लिएका छन्।

सम्बन्धित खबर