कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर मृत्यु भएको हो ।

धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

सम्बन्धित खबर