सर्वोच्चको न्यायाधीशका लागि सिफारिस ६ जनाको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

दियो पोस्ट  

काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका ६ जनाकै नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रस्तावित ६ जना न्यायाधीशहरुको सुनुवाइ सकिएको थियो। समितिले बुधबार मात्रै अनुमोदनको निर्णय गरेको हो।

सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन हुनेमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेल छन्।