इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको एक वर्षमा पक्राउ परे ठगी मुद्दाका अभियुक्त

दियो पोस्ट  

काठमाडौं । इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेपछि ठगी मुद्दाका अभियुक्त धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् ।

ठगी तथा अपराध मुद्दामा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको एक वर्षपछि पक्राउ गरी उनलाई नेपाल ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले  दियोपोस्टलाई जानकारी दिए।

 उनीविरूद्ध माछापुच्छ्रे बैंकको अन्य व्यक्तिको खातामा रहेको ९ लाख रूपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी विभिन्न बैंकको एटिएमबाट निकालेको उजुरी परेको थियो।

प्रहरीमा उजुरी परेर खोजतलास हुनअघि नै उनी वैदेशिक रोजगारका लागि कतार पुगेको पाएपछि प्रहरीले इन्टरपोललाई उनीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न आग्रह गरेको थियो।

सोही आधारमा इन्टरपोलले  २०२३ डिसेम्बर ७ मा पासमानविरूद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। त्यसपछि एनसिबी कतारको टोलीले पक्राउ गरेर राखेको र नेपाली प्रहरीले समन्वय गरी उनलाई नेपाल ल्याइ कारबाही प्रक्रिया अगाडि बढाइएको डिआइजी कडायतले जानकारी दिए।

TATA ADD