टिआरसीबारे छलफल गर्न बालुवाटारमा तीन दलको बैठक

दियो पोस्ट  

काठमाडौं। बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीचको बैठक सुरू भएको छ।

सत्यनिरूपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक केही बेरअघिदेखि बालुवाटारमा सुरू भएको हो।

बैठकमा संक्रमणकालीन न्यायका विषयहरूलाई टुंगो लगाउन बनेको विधेयकबारे छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरूङ, एमालेका सचेतक महेश बर्तौला लगायत पनि उपस्थित छन्।

यसअघि आइतबार पनि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग सोही विषयमा छलफल गरेका थिए।

शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन टिआरसी विधेयक संसदको आगामी अधिवेशन सुरू हुनेबित्तिकै संसदमा लैजाने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

यसका लागि उनले प्रमुख दलहरुको सहमति खोजेका हुन्।

TATA ADD