आशा जगाउन नसके म पनि पद ओगटेर बस्दिनँ : प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आशा जगाउन नसके पद ओगटेर नबस्ने बताएका छन्।

सरकारको एक वर्ष बितेको अवसरमा देशवासीको नाम गरेको सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले असफल भए पदमा बसिनरहने बताएका हुन्।

सरकारमा रहेका मन्त्रीहरुलाई पनि असफल हुने छुट नरहेको प्रधानमन्त्री प्रचण्डले बताए। त्यसकारण कमजोर कार्यसम्पादन भएकाहरूलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा आफू नरहेको उनले बताए।

सोही अनुसार आफूले आफैसँग वाचा गरेको प्रधानमन्त्रीको भनाइ छ।

‘देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन,’ उनले भने।