राहदानी प्राप्त गर्ने समयअवधि छोट्याउने प्रधानमन्त्रीको घोषणा

दियो पोस्ट  

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी प्राप्त गर्ने समयअवधि छोट्याउने घोषणा गरेका छन्।

आफू नेतृत्वको सरकारको एक वर्ष पुगेको अवसरमा मंगलबार देशवासीको नाममा सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले छोटो समयमै राहदानी पाउन सकिने व्यवस्था गर्ने घोषणा गरेका हुन्।

त्यसका लागि स्थानीय तहसमेतको सहयोगमा  माघ मसान्तभित्र जनघनत्वको आधारमा जिल्ला प्रशासन कार्यालयहरूमा थप जनशक्ति व्यवस्था गरिने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले राहदानी छपाइ कार्यलाई पनि प्रतिस्पर्धाका आधारमा अगाडि बढाइने बताएका छन्।

त्यस्तै अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने तयारी पनि भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने दिशामा सरकार गठन भएलगत्तै महत्त्वपूर्ण निर्णय भएको उनले बताए।