
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक सुरु भएको छ ।
बुधवार ललितपुरको एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन बारे छलफल हुँदैछ । एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । केन्द्रीय कमिटीमा यो विषयमा छलफल हुनेछ ।