१ करोड ५ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रशासकीय अधिकृत पराजुली पक्राउ

दियो पोस्ट  

पोखरा । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध केही दिन अघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।

पराजुलीले पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका र १ करोड ५ लाख रुपैयाँ घुस लिएको खुलेको प्रहरीको भनाइ छ ।

त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए । उनी बुधवार कार्यालय गएका थिए । उनलाई आजै कास्की पठाउने बताइएको छ ।