सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउने

दियो पोस्ट  

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिशिर ढकालको इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

बुधबार जाहेरवाला पक्षको बहस नसकिएपछि न्यायाधीश ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्। अब बिहीबार सुनुवाइ हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

न्यायाधीश ढकालको इजलासमा गत शुक्रबारदेखि सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशी चढेको थियो। सो दिन पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको थियो।

त्यसभन्दा अघिल्लोपटक मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएपनि सन्दीप लामिछाने तर्फका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

त्यसभन्दा अघि पनि पटकपटक उक्त मुद्दा विभिन्न बहानामा सुनुवाइ रोकिँदै आएको छ। सर्वोच्च अदालतले भने यसलाई  चाँडोभन्दा चाँडो टुंग्याउन आदेश दिएको थियो।

अब बहस सकिएपछि फैसला आउनेछ।

सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

TATA ADD