सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै

दियो पोस्ट  

काठमाडौं । सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ।

काठमाडौं जिल्ला अदालतमा वुधबार न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् ।

ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो। आजै बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ ।