
काठमाडौं। प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी हट्ने भएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको हो।
कटौती गरेको दरबन्दीबारे भने सार्वजनिक भइसकेको छैन। सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारे छिट्टै जानकारी दिइने बताइन्।
प्रधानमन्त्री कार्यालयमा २३४ कर्मचारी कार्यरत छन्।दरबन्दी कटौती गरेपछि अब १६६ कर्मचारीको दरबन्दी रहनेछ।