आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

दियो पोस्ट  

कास्की । कास्कीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको पोखरा महानगरपालिका–२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीले आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको आरोपमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रत्नले पोखरा महानगरपालिका–२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।