काठमाडौं । अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्रँउ परेका छन् ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका–६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ५१ वर्षीय हरी कुमार दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
दाहालले १ जनालाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई होटलमा मासिक ७५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ६ लाख ७७ हजार रूपैयाँ रकम लिई सम्पर्क बिहीन भएक थिए ।
उक्त रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ
गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।