
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् । अब वादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि मुद्दाको फैसला आउने छ ।
घटना भएको दिनमा पीडित र पीडकको व्यवहारले पनि सहमतिमा भएको थियो कि जबरजस्ती करणीजस्ता कुरा पुष्टि हुने र अरु प्रमाणहरु देखिने भन्दै न्यायाधीशले सीसीटीभी फुटेज हेर्न बताएका छन् ।