मोरङ । मोरङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको रंगेली नगरपालिका–८ दर्बेसामा ना.६ त ५४९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका–८ झमनपुर बस्ने ६८ वर्षीय नारायण राजवंशी रहेका छन् ।
ट्याक्टरको ठक्करबाट उनको शुक्रबार दिउँसो घट्नास्थलमै मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर चालक र सहचालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।