‍‍‍‍‍‍‍‍‍‍‍‍‍बर्दियामा अवैध लागूऔषधसहित एकजना पक्राउ

दियोपोस्ट संवाददाता

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बर्दिया । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍बर्दियामा अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको मधुवन नगरपालिका–८ कुसुम्बा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० मिलिग्रामसहित एक जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–१ डल्ला बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस