
ललितपुर । बालकुमारीमा भएको घटना प्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न सरकारसँग माग गरेका छन् ।
घटनाको सत्यतथ्य छानविन गरि घाईते भएकाको उचित उपचारका साथ प्रदर्शनकारीले उठाएको विषयमा गम्भिरहुन नेपाल सरकारसँग माग गर्दछ,भनि विज्ञप्तिमा उल्लेख गरिएको छ । आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ । साथै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई सम्यमित रहन कांग्रेसले अपिल छ ।
कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर शुक्रवार दिउँसो बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएको थियो । त्यसपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।