राष्ट्रिय मानवअधिकार आयोगले बालकुमारी घटनाको अनुगमन गर्ने

दियो पोस्ट  

ललितपुर । लतिपुरको बालकुमारी सडकमा भएको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । घटनामा दुई जनाको मृत्यू भएको छ भने ५४ जना पक्राउ परेका छन् ।

शुक्रबार (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

परीक्षाका सबैतर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरुले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिय । यसै क्रममा प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गदा झडपमा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

यसै क्रममा राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति प्रकाशित गरि घटनाको सत्यतथ्य छानविन गरिने बताएको छ ।

TATA ADD