
काठमाडौँ– शनिवार स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ९फेकन० को १४ औँ वार्षिक साधारण सभामा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न परामर्श व्यवसायीले भूमिका खेल्नु पर्ने बताएका छन्। प्रमुख अतिथिका रूपमा उपस्थित पौडेलले नेपाली युवाहरूलाई देश/ विदेशमा अध्ययनका लागि सहजीकरण गर्ने परामर्श व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेकोे र अबको प्राथमिकता विदेशी विद्यार्थी नेपाल ल्याउनका लागि पनि ठोस पहल लिन केन्द्रित हुनुपर्ने बताए ।
नेपाली समाजमा विदेश गएको मात्रै देख्ने तर यहाँ आएर गरेको प्रगति नदेख्ने समस्या रहेको भन्दै पौडेलले भने, ‘सम्भावना खोज्न विदेश जानेलाई नकारात्मक टिप्पणी गर्ने हाम्रो चलन छ। हामी हरेक कुरामा नकारात्मक मात्रै हुन्छौँ। विदेश अध्ययन पश्चात् यहाँ आएर गरेको प्रगति हाम्रो समाजले देख्दैन।
विश्वका प्रतिष्ठित संस्थामा पढेर आउनु राम्रो हो। यहाँ खुम्चिएर बस्नुभन्दा नेपाली युवालाई भविष्यको बाटो देखाउनुपर्छ।’ चिन लगायत देशहरूको उदाहरण दिँदै उनले अगाडी थपे, ‘चिनमा थुप्रै विश्वविद्यालय छन् तर त्यहाँको विद्यार्थी पनि अन्त पढ्न जान्छन् । ग्लोबलाइजेसनको युगमा यो लहरलाई रोक्न सकिँदैन। बरु मेडिकल, इन्जिनियरिङ जस्ता हामीले सम्भावना बोकेका विषयमा नेपाललाई हब बनाउन लागौँ। फेकन जस्ता संस्थाले यसको पहल थाल्नुपर्छ। हामी भएका शिक्षा समिति सहित अन्य कुन कुन ठाउँ बाट साथ दिनुपर्छ हामी तयार छौँ।’
राज्यले मेडिकल कलेजहरू सञ्चालनका लागि सहजीकरण गर्नुपर्नेमा पौडेलको जोड दिए ।