अदालतमा सकियो रवि लामिछानेको बयान

सूर्यदर्शन सहकारी ठगी

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ।

बिहीबार दिउँसोदेखि न्यायाधीश नितिज राईको इजलासमा उनको बयान सुरु भएको थियो।

शुक्रबार दिउँसो साढे ४ बजेतिर बयान सकिएको अदालतले जनाएको छ ।

रविसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा १ अर्व ५१ करोड ४० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर भएको छ।

लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गर्दै मुद्दा दायर भएको छ।

सिफारिस