
मुगु । मुगुमा रहेको नेपाल कै ठूलो र गहिरो ताल रारा र आसपास क्षेत्रमा शनिवार दिउँसो दोर्सो पटक हिमपात भएको थियो । हिमपातले रारा ताल झनै सुन्दर र रमणीय देखिएको छ ।
समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको अवस्थीत रारा ताल वरीपोरीमा यतिबेला हिउँले ढाकेर सेताम्य देखिन थालेको छ ।
रारा ताललाई ‘स्वर्गकी अप्सरा’ भनेर पनि चिनिन्छ । यसको प्राकृतिक सुन्दरता अनुपम छ । ताल आसपास एक फिटभन्दा बढी हिउँ जमेको छ ।
आइतबार आकाश खुलेपिछ देखिएको हिउले ढाकिएको राराक्षेत्रको दृश्यहरू












फोटो सौजन्य : हेमराज रोकाया र रारा राष्ट्रिय निकुन्ज कर्मचारी