काठमाडौं । पर्वतारोहण संचालक संघ नेपालको सत्रौँ साधारण सभा सम्पन्न भएको हो । संघको अध्यक्षमा पुनः डम्बर पराजुली सर्वसम्मत निर्वाचित भएका छन् भने महासचिवमा पनि ऋषिराम भण्डारी नै दोहोरिएका छन् ।
संघको प्रथम उपाध्यक्षमा ईश्वरी पौडेल, द्वितीय उपाध्यक्षमा शिवराज थापा, सचिबमा दावा स्टेफन शेर्पा र कोषाध्यक्षमा दावा सम्बु शेर्पा लामा निर्वाचित भएका छन् ।
शुक्रबार राजधानीको लाजिम्पाटमा सम्पन्न साधारण सभाले कार्यसमिति सदस्यहरुमा कृष्ण कुमार अर्याल, मुरारी कृष्ण शर्मा, जिवन घिमिरे, नबिन त्रिताल, छाङ दावा शेर्पा, आङ्ग बाबु शेर्पा, मिंग्मा डेभिड शेर्पा, पेम्बा शेर्पा र गोविन्द गुरुङ चयन भएका छन् । नयाँ कार्यसमितिलाई संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले खादा लगाई बधाई दिएका ज्ञापन गरेका छन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयका सचिव निरौलाले पर्वतारोही अपरेटरहरुले नेपालको एडभेञ्चर पर्यटनलाई दुनियाँभर प्रमोट गर्नका लागि सरकारले सहयोग गर्ने आश्वासन दिए । कार्यक्रमका दौरान पर्यटन व्यावसायीले उठाएका मुद्दालाई समाधानका लागि आफू तयार रहेको समेत उनले बताए । सन् २००८ देखि स्थापित यो संस्थाले हिमाली क्षेत्रको पर्यटन, स्थानिय पर्यटन र कमजोर समुदायलाई क्लाइम्बिङलाई प्रमोट गर्दै आएको छ । हिमालमा डोरी लगाउनका लागि पर्यटन विभागले यो संस्थासँग सहकार्य गर्दै आएको छ ।
अध्यक्ष पराजुलीका अनुसारले एक्सपिडिसन अपरेटर्सलाई हिमाली क्षेत्रमा एक्सपीडिशनको योग्यतालाई अझै वृद्धि गर्न आफूले भरपुुर कोशिस गर्ने र यो सस्थाले सहजिकरण गरिदिने बताए ।
महासचिव ऋषिराम भण्डारीले देशको एडभेञ्चर पर्यटनलाई बृहत्तर विकासका लागि एशोसियशनले महत्वपूर्ण भूमिका निभाउने बताए ।