बाडभञ्ज्याङ । चन्द्रागिरी नगरपालिका – २ बाडभञ्ज्याङमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानिय स्तरमा क्रियाशिल दर्जनभन्दा बढी संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाभन्दा बढीले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष गोपी सुर्खेतीले रक्तदानले कसैको जीवन बचाउने काम गर्ने भएकाले रक्तदान गर्ने सबै व्यक्ति र आयोजकलाई धन्यवाद दिए ।
आयोजक संस्था समग्र बाडभञ्ज्याङ सामुदायीक मञ्चका मधुकर बस्नेतले आफूहरुले नियमित रुपमा यसरी रक्तदान कार्यक्रम आयोजना गर्ने बताए । उनले आफूहरुले भविष्यमा एम्बुलेन्श समेत खरिद गर्ने बताए ।