ग्रामीण जनताको जीवनस्तर उठाउँदै फूलचोकी

दियो पोस्ट  

काठमाडौं, १६ मंसिर । पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले सहकारीले नै ग्रामीण जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । काभ्रे पनौती १ पर्खालचौरस्थित फुल्चोकी बचत तथा ऋण सहकारी सस्थाको २२ औं साधारणसभाको उद्घाटन गर्दै न्यौपानेले यस्तो बताएका हुन् । उनले सहकारीले ग्रामीण जनताको जीवनमा पुर्याएको योगदानको चर्चा गरे । जनताको आर्थिक, समृद्धिसँग जोडिनुपर्नेमा उनको जोड छ । नगरले बिषयगत सहकारीहरुको एकीकरणमा जोड दिएकोले त्यतै लाग्न उनी सुझाउछन् । उनले अब ग्रामीण कृषकको निम्ति काम गर्न सहकारीले अगुवाइ गर्नुपर्ने र त्यसको निम्ति नगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थापक अध्यक्ष राजकुमार सापकोटाले ग्रामीण तल्लो वर्गका जनतालाई सुबिधा दिन सस्थाको स्थापना गरिएको कुरा गर्वका साथ सुनाए । अहिले दिगो विकास र समुन्न्त जीवनको निम्ति सहकारीको भुमिका हुनुपर्छ भन्छन् वडा १ का अध्यक्ष गुणनाथ सापकोटा । उनी सस्था स्थापनाकालदेखि लामो समय नेतृत्वमा रहेका थिए ।
कार्यक्रमा कोषाध्यक्ष प्रतिमा श्रेष्ठको आर्थिक प्रतिवेदन, सचिव कुल प्रसाद सापकोटाले प्रस्तुत गरेको सचिवको प्रतिवेदन, लेखा समितिका सयोजक केदारनाथ सापकोटाको लेखा प्रतिवेदन र अध्यक्ष प्रदिप सापकोटाको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

यो सहकारी सस्थाले बिप्रेषण सेवा सन्चालन गरेको छ । आफना शेयर सद्स्यहरुलाई सहुलियत दरमा कर्जा प्रदान गरेको छ । यसका साथै सामाजिक दायित्वमा पनि अग्रसर भएर काम गर्दै आएको अध्यक्ष प्रदिप सापकोटाले बताए ।
साधारणसभाका क्रममा २०७४ सालको एसइई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक र निजी विद्यालयका दुईदुई जना शेयर सदस्यका छोराछोरीहरुलाई ‘फुलचोकी उत्कृष्ट विद्यार्थी’लाई प्रमुख अतिथि भीम न्यौपानेले सम्मान गरे । टीका लगाईदिएर अध्यक्ष प्रदिप सापकोटाले बधाई तथा भावी जीवनको सफलताको कामना गरे ।

यस्तो छ सहकारीका इतिहास

यो सहकारी २०५३ सालमा स्थापित भएको हो । हाल करिब १३ सय सदस्य रहेका छन् । हिजो गाउँ समाजमा सयकडा पाँच घिउखाने व्याज प्रचल्न थियो । सहकारी स्थापनासँगै गाउँले जनताहरु चर्को ब्याज तिर्नुपर्ने पीडाबाट मुक्त भएका छन् ।

यस्तो छ नवनिर्वाचित कार्यसमिति

यो २२ औं साधारणसभा सभाले प्रदिप सापकोटाको अध्यक्षतामा आगामी चार बर्षको निम्ति उपाध्यक्ष रामचन्द्र सापकोटा, सचिव कुल प्रसाद सापकोटा, कोषाध्यक्ष तिर्थराज सापकोटा ,सदस्यहरु बिक्रम सापकोटा, सुन्तोली तामाङ, रित कुमार सापकोटा, तुल प्रसाद सापकोटा ,लोकमनि सापकोटा, प्रकाश सापकोटा, लिलानाथ गौतम तथा लेखा समिती सयोजक बिनोद सापकोटा, सदस्य दिलिप सापकोटा तथा निशा सापकोटा लगायतलाई निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचितहरुलाई प्रमुख अतिथी नगर न्यौपाने र निर्वाचन सयोजक राजकुमार सापकोटाले सपथ ग्रहण गराए । सहकारीको करिव ७० लाख ७५ हजार शेयर पुँजी र बचत करिब ७ करोड रहेको छ ।