प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘गुड गभर्नेन्स अवार्ड’

दियो पोस्ट  

काठमाडौँ, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुशासन अर्थात गुड गभर्नेन्स अवार्ड प्रदान गरिएको छ । काठमाडौँमा जारि एसिया प्रशान्त शिखर सम्मेलनमा युनिभर्सल पिस फेडेरेसनले उक्त अवार्ड प्रदान गरेको हो । अवार्डसंगै ओलीले एक लाख डलर प्राप्त गरेका छन् ।

समिटको आयोजक संस्था युनिभर्सल पिस फेडेरेसनको मातृसंस्था युनिफिकेशन चर्चकी प्रमुख हक जा हानले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड हस्तान्तरण गरेकी हुन् । उनले सम्मेलनमा उपस्थित सबैलाई आशिर्वाद समेत दिएकी थिईन । आफुलाईं जिससकी छोरी बताउने उनले नेपालका राजनीतिक दलका उच्च नेताहरुलाई समेत आशिर्वाद दिएकी थिइन ।

अवार्डबाट सम्मानित भएपछि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्दै अवार्डसंगै पाएको रकम युवाहरुको क्षमता विकासमा लगानी गर्ने बताएका छन् ।

TATA ADD

सिफारिस