काठमाडौं मंसिर, १८ । २००७ मा ब्राजिलका काका विश्वका उत्कृष्ट फुटबल बनेपछिको १० वर्ष अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिश्चियानो रोनाल्डाले वरिपरी यो अवार्ड रहन पुग्यो । मेसी र रोनाल्डो दुवैले पाँचपाँचपटक यो अवार्ड जित्न सके । २००८ मा रोनाल्डोले जितेपछि २००९ देखि २०१२ सम्म मेसीले लगातार यो अवार्ड आफ्नो पोल्टामा पारे । २०१३, २०१४, २०१६ र २०१७ मा गरी रोनाल्डोले पनि यो अवार्ड आफ्नो नाममा लेखाए ।
तर, गत विश्वकपमा उपविजेता बन्दा र रियल म्याड्रिडलाई लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका क्रोएसियाका मोड्रिकले यो वर्ष यो उपाधि जिते । गरिब र द्धन्द्धबाट माथि उठ्दै लुकाले आफूलाई उत्कृष्ट खेलाडीसमेत बनाउन सफल भएका छन् ।
२०१० सम्म फिफा वल्र्ड प्लेयर अफ द इयर भनेर उपाधि दिइन्थ्यो । फ्रेन्च म्यागजिनसँग मिलेर २०१० देखि २०१५ सम्म यो अवार्डको नाम फिफा बेलन डिओरको नाममा दिइयो । २०१५ यता वेस्ट फिफा मेन्स प्लेयर भनेर यो उपाधि दिन थालिएको छ ।
फिफाले फ्रेन्च म्यागजिनसँगको सहकार्य तोडेर छुट्टै पुरस्कार दिंदा पनि मोड्रिचले नै विश्वकपलगत्तै यो उपाधि जितेका थिए । अहिले बेलन डिओर पनि उनैले जितेका छन् । गएराती रोनाल्डोलाई पछि पार्दै लुकाले यो उपाधि आफ्नो पोल्टामा पारेका हुन् । बेलन डिओरसँग छुट्टिएपछि वेस्ट फिफा मेन्स प्लेयरको उपाधि नै आधिकारिक र मुख्य हो ।
१० वर्षसम्म मेसी र रोनाल्डोको वरिपरी यो उपाधि घुमे पनि यी दुई खेलाडीको फुटबल जादु अझै पनि मैदानमा उत्तिकै देख्न पाइन्छ । नियमित १० औं वर्षसम्म पनि यी दुवै खेलाडीले आफ्ना समर्थकलाई निराश पारेका छैनन् ।