ए डिभिजन लिगः आज छैटौँ चरणका ३ खेल हुने

दियो पोस्ट  

काठमाडौं, मंसिर १९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज छैटौँ चरणका ३ खेल हुदै छन् । पहिलो खेल मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, दोस्रो च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच तेस्रो खेल हुनेछ ।

हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सङ्कटा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सङ्कटा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।