गगन थापालाई रामचन्द्र पौडेल पुत्र चिन्तनको चेतावनी, सामाजिक संजालमा यस्तो चुनौती

Diyo post  

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेलले चेतावनी दिएका छन् । मंगलबारको केन्द्रीय समितिको बैठकमा युवा नेता थापाले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पुत्र चिन्तनले यस्तो चुनौती र चेतावनी दिएका हुन् ।

थापाले विधानमाथिको छलफलमा भाग लिंदै अब कांग्रेसमा नयाँ पुस्ताको प्रवेशका लागि पदाधिकारीदेखि सबै कार्यकारी पदहरुमा ७० वर्षको उमेरहद लगाउनुपर्ने माग गरेका थिए । तर, यस्तो मागप्रति आपत्ति जनाउँदै चिन्तनले बुधबार बिहान फेसबुकमा लेखे ‘उमेरहदकै कुरा गर्ने हो भने निजामतीको बराबर ५८ र पेन्सनसमेत व्यवस्था गर्ने की ? के राजनीति जागिर हो ?’ सक्ने नै भए निजामति सेवातर्फ जस्तै ५८ वर्षको सेवा अवधि र पेन्सनको पनि व्यवस्था माग गर्न चिन्तनले थापालाई चेतावनी दिएका हुन् ।

 

युवा नेता थापाको भनाईलाई लक्षित गरिएको पौडेलपुत्रको स्टाटस सामाजिक संजालमा निक्कै चर्चित बनेको छ । चिन्तनका बुबा रामचन्द्र पौडेल अहिले ७४ वर्षका भएका छन् । पार्टीमा उपसभापति, सरकारमा उपप्रधानमन्त्री, मन्त्री, संसदमा सभामुख र सांसद भइसके पनि पौडेल अहिलेसम्म प्रधानमन्त्री र पार्टी सभापति बन्न सकेका छैनन् । १३ औं महाधिवेशनमा सभापति पदको उम्मेदवार बने पनि पौडेल दोस्रो

राउण्डमा सभापतिमा शेरबहादुरद देउवासँग पराजित हुन पुगेका थिए । अब दुई वर्षपछि कांग्रेसको १४ औं महाधिवेशन हुँदासम्म पौडेलको उमेर ७६ वर्ष भइसक्नेछ । उमेरसँगै पौडेलले फेरि पनि सभापतिमा उम्मेदवार बन्न पाउँने सम्भावना कम रहेको चर्चा कांग्रेसमैं छ । किनकी कोइराला परिवारका डा. शशांक, डा. शेखर र सुजाताले आफूहरु तीनमध्ये एकजनाले सभापतिमा देउवासँग भिड्नुपर्ने गर्नुपर्ने मत राख्दै आएका छन् ।

सम्बन्धित खबर