फेरियो नागढुंगा प्रहरी प्रभागका प्रमुख, इन्सपेक्टर भट्टको सरुवा ट्राफिक महाशाखामा

diyopost.com
Diyo post  बुधबार, मंसिर १९, २०७५ | १६:३९:५५

काठमाडौँ, मंसिर १९ । उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगा प्रहरी प्रभागमा प्रमुख फेरवदल भएका छन् । प्रभागमा कार्यरत प्रहरी निरिक्षक केशव राज भट्ट ट्राफिक प्रहरी महाशाखामा सरुवा भएपछि नागढुंगामा नयाँ प्रहरी निरिक्षक नियुक्त गरिएको हो । उनको ठाउँमा प्रहरी निरिक्षक ज्ञानबहादुर खड्का आएका छन् ।

वुधबार एक कार्यक्रम गरि नवनियुक्त प्रहरी निरिक्षक खड्काको स्वागत गरिएको छ भने सरुवा भएर महाशाखा जान लागेका भट्टलाई विदाई गरिएको छ । भट्टले नागढुंगामा रहँदा उदाहरणीय कार्यहरु समेत गरेका थिए ।

नवनियुक्त प्रहरी निरिक्षक ज्ञान बहादुर खड्का मध्यक्षेत्रिय प्रहरी तालिम केन्द्र दुधौलीबाट सरुवा भई नागढुंगा आएका हुन् । नाकाको सुरक्षा व्यवस्थालाई कडा बनाउने प्रतिवद्धता व्यक्त गर्दै खड्काले जनताको हितमा काम गर्ने र त्यसका लागि स्थानियको सहयोगको समेत आवश्यक पर्ने बताए ।

चन्द्रागिरि नगरपालिका –२ का वडाध्यक्ष गोपि सुर्खेतीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य  मधुकर बस्नेत , नागढुंगा युवा क्लबका ध्रुव कडायत सथैँ चन्द्रगिरि नगरपालिकाका कार्यपालिका सदस्य कान्छा कुँवर र माइती नेपालका प्रतिनिधी पदम बस्नेत लगाएतका  स्थानिय समाजसेवीहरुले स्वागत तथा विधाई गरेका थिए ।

सम्बन्धित खबर