निर्मलाको हत्यामा उनकै छिमेकी प्रदिप संलग्न, महानिरिक्षक खनालको उपस्थितिमा दिए यस्तो वयान

Diyo post  

काठमाडौँ, मंसिर २० । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धाको क्रममा पक्राउ परेका प्रदीप रावलले आफु निर्मलाको हत्यामा संलग्न भएको साविती बयान दिएका छन् ।

काठमाडौँबाट केही दिनअघि मात्र पक्राउ परेका रावलले प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो ( सीआइबी ) संगको बयानमा आफु निर्मलाको हत्यामा संलग्न भएको वयान दिएका हुन् ।प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको उपस्थितिमा गएराति १० बजेदेखि विहान २ बजेसम्म वयान लिएको सीआइबी स्रोतले जनाएको छ । उनले दिएको वयान साँचो या झुटो के हो भन्ने निष्कर्ष भने अन्य अनुसन्धानपश्चात पत्ता लाग्ने सीआइबीले बताएको छ ।

हत्या गरेको साविती वयान दिएपछि रावलको डिएनए परिक्षणको लागि प्रहरी प्रयोगशाला पठाइएको छ । यसको रिपोर्ट भने शुक्रबार मात्र आउने प्रहरी स्रोतले बताएको छ ।  निर्मला पन्त प्रकरणको छानविनको लागि सबै किसिमका प्रहरी शक्तिहरु लगाउँदा समेत निचोड ननिस्केपछि महानिरिक्षक खनाल आफै खटिएका छन् । पछिल्लो समय निर्मलाका लागि न्याय माग्दै चौतर्फी प्रदर्शन र आवाज हरु उठ्न थालेका छन् ।

प्रहरीले वुधबार कञ्चनपुरबाट थप २ जनालाई पक्राउ गरेको थियो । निर्मला हराएपछि भारत पुगेका रावल केही दिनअघि मात्र काठमाडौँमा देखिएका हुन् । सीआइबीको टोलीले रावललाई बुधबार पक्राउ गरेको हो ।

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए। सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ।

सम्बन्धित खबर