राजधानीको कालोपुलमा गोली चल्यो, कुख्यात डाँका राजन लिम्बु घाइते

diyopost.com
Diyo post   शुक्रबार, मंसिर २१, २०७५ | १४:५५:२४

काठमाडौँ, मंसिर २१ । काठमाडौँको कालोपुलमा प्रहरीले गोली चलाएको छ । कुख्यात लुटेरा राजन लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर राजन लिम्बु घाइते भएका छन ।

राजधानीको खुङखार डाँकाको सुचिमा राखेको राजनलाई शुक्रबार पक्राउ गर्न कालोपुल पुगेका प्रहरीको टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी कारवाही स्वरुप चलाएको गोली उनको खुट्टामा लागेको छ । गोली लागेर घाइते भएका लिम्बुको उपचार वीर अस्पताल ट्रमा सेन्टरमा कडा निगरानीको बिचमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राजन ठुलाठुला ६ वटा लुटपाटमा संलग्न भई फरार थिए । प्रहरीका वानटेड सुचिमा रहेका लिम्बु यसअघि नै ६ बर्ष जेल बसेर आएका अपराधी हुन् । विभिन्न कम्पनी, फाइनान्स तथा सहकारीहरुमा पेस्तोल देखाएर लुटपाट गर्दै आएका प्रहरीको दावि छ ।
उनको साथबाट चार राउण्ड गोली र एकथान पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर