लुटेराको आक्रमणमा परी ब्राजिलमा ११ जनाको मृत्यु

diyopost.com
Diyo post  शनिबार, मंसिर २२, २०७५ | ९:४७:२७

ब्राजिल, मंसिर २२ । ब्राजिलमा बैंक लुटेराको आक्रमणमा परी झण्डै ११ जनाको ज्यान गएको छ । लुटपाट गर्न बन्धक बनाइएका पाँच जना सहित ११ जनाको मृत्यु भएको हो ।

ब्राजिलको उत्तरपूर्वी ब्राजिलमा दुइ वटा बैंक लुटपाटको योजना बनाउँदै लुटेराहरुले पाँच जनालाई बन्धक बनाएका थिए । प्रहरीले लुटेरामा माथि गरेको जवाफी कारबाहीमा बन्धक बनाइएका एक नाबालकसहित पाँच जना र ६ जना अन्य व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ज्यान गुमाउने छ जना लुटेरा समूहका हुन् या प्रहरी अधिकारी हुन् भन्ने खुल्न सकेको छैन । प्रान्तीय गभर्नरका प्रवक्ताले भने घटनामा ६ जना प्रहरी अधिकृतसहित १२ जनाको मृत्यु भएको बताएका छन् ।

सशस्त्र लुटेराहरुले बैंकमा आक्रमण गर्न मानव ढालका रुपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको बताइएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा दुई पक्राउ परेका छन् ।

सम्बन्धित खबर