मिस वर्ल्ड २०१८ः श्रृङखलाको परिक्षाफल आज, दिउँसो ४ बजेसम्म भोट गर्न सकिने

दियो पोस्ट  

काठमाडौँ, मंसिर २२ । मिस वर्ल्ड २०१८ को अन्तिम नतिजा शनिबार अर्थात आज सार्वजनिक हुँदैछ । चिनमा भईरहेको मिस ६८ औँ संस्करणको अन्तिम नतिजा शनिबार साँझ प्रकासन गरिने भएको हो । यो संगै नेपालकी श्रृङखला खतिवडाको अहिलेसम्मको मेहनत र नेपाली जनताहरुले दिएको साथको परिणाम पनि शनिबार साँझसम्म देखिने छ

विश्व सुन्दरी प्रतियोगिताको लागि विश्वभरका १ सय २१ देशबाट प्रतियोगिहरुले भाग लिएका थिए । हेड टू हेड च्यालेञ्ज, मल्टिमिडिया च्यालेञ्ज तथा ब्यूटि विथ पर्पज च्यालेञ्ज हुँदै फाइनलसम्म आइपुग्दा नेपाल सहित ३० देशका प्रतिस्पर्धीहरु बाँकी छन् ।

दक्षिण एसियामा भारत बाहेक कसैले पनि हालसम्म विश्व सुन्दरी प्रतियोगिताको टाइटल नजितेको अवस्थामा नेपालबाट प्रतिनिधित्व गरि सहभागी भएका श्रृङखला विभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गरेकी छिन् । अघिल्लो राउण्डमा उल्लेख्य भोट पाएकी श्रृङखलालाई फाइनल जित्नको लागि पनि निकै भोटको आवश्यक रहेको छ । भोट गर्न चाहनेले शनिबार अपराह्न ४ बजेसम्म भोट गर्न सक्नेछन् । भोटको लागि मिस वल्र्डको एप्लिकेशन डाउनलोड गर्नुपर्ने छ ।

फाइनलसम्म आइपुग्दा श्रृङखलालाई मेक्सिको, भियतनाम, इन्डोनेशिया र चिनका प्रतिस्पर्धीहरुले तुलनात्मक रुपमा अधिक चुनौती दिएका छन् ।

को हुन् श्रृङखला?
विश्व सुन्दरी प्रतियोगितामा उत्कृष्ठ दावेदारको रुपमा प्रस्तुती दिँदै आएकी श्रृङखला नेकपाका प्रतिनिधि सभा सदस्य विरोध खतिवडाका छोरी हुन् । उनकी आमा मुनु सिग्देल प्रदेश ३ कि प्रदेश सांसद पनि हुन् । मकवानपुरको हेटौँडामा जन्मेकी श्रृङखलाले हेटौँडा एकेडेमीबाट प्रवेशिका परिक्षा पास गरेकी हुन् । त्यसपछि काठमाडौँ आएकी उनले गोल्डेनगेट इन्टरनेशनल कलेजबाट उच्च शिक्षा पुरा गरिन् । स्नातक तह पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पुरा गरेकी उनले आर्किटेक्चरमा क्याम्पस टप गरिन् । मिस नेपाल २०१८ को उपाधी जित्दै हाल मिस वल्र्डको फाइनलसम्म पुगेकी छिन् ।

TATA ADD

सिफारिस