एभरेष्ट प्रिमियर लिगः विराटनगर वारियर्ससामु १०५ रनको लक्ष्य प्रस्तुत

diyopost.com
Diyo post   शनिबार, मंसिर २२, २०७५ | १५:१०:३३

काठमाडौं, मंसिर २२ । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रीयट्सले पारस खड्काको विराटनगर वारिवर्सलाई १०५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १०४ रन बनाएको हो ।

ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन जोडे । यस्तै सन्नी पटेलले २० तथा पवन शार्रफले १४ रन बनाए । विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले २÷२ विकेट लिए ।

सम्बन्धित खबर