एभरेष्ट प्रिमियर लिगः करणको विस्फोटक ब्याटिङले ललितपुर पराजित

diyopost.com
Diyo post  शनिबार, मंसिर २२, २०७५ | १९:१३:०१

काठमाडौँ, मंसिर एभरेष्ट प्रिमियर लिगमा साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सलाई ३ विकेटले हरायो । विराटनगरको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनायो । निकै कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । ३८ रन हुँदा पवन सराफ ब्यक्तिगत १४ रनमा आउट भएपछि ललितपुरले तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेल पनि खाता खोल्न नपाउदै आउट भए । जसका कारण ललितपुरले ३९ रनमा चार विकेट गुमायो । ललितपुरको कमजोर पारीलाई सम्हाल्न खोजेको सन्नी पटेलले पाँचौ विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ३४ रनको साझेदारी गरेका थिए । तर पटेल १९ रनमा पारसले पेभेलियनको बाटो देखाएपछि ७३ रनमा गुमाएको ललितपुरले ९७ रनमा ललितपुरले सात विकेट खेर फाल्यो । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट मात्र एक रनले चुके । उनलाई करण केसीले आउट गर्नु अघि तीन चौका र दुई छक्काको मद्दतले ४९ रनमा आउट भए । बलिङ तर्फ बिराटनगरका करण केसी र रे भान डेल र्मेवीले दुई दुई विकेट लिए ।

एक सय ५ रनको लक्ष्य पक्ष्याएको विराटनगरले एक बल बाँकि हुदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो । १९ रनमा पहिलो विकेट गुमाएको विराटनगरल ३१ रन बनाउदा २ विकेट खेर फाल्यो । अनिलकुमार शाह ११ रन बनाए भने पारस खड्का मात्र दुई रनमा पेभेलियन फर्किए । लगत्तै स्मिथ पटेल पनि मात्र एक रनमा आउट भएपछि विराटनगरले ३४ रनमा तीन विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको विराटनगरले ३४ रनमा नै चौथो विकेट गुमायो । विराटनगरको मिडिलअडर पुर्ण रुपमा ध्वस्त भएको विराटनगरको पारीलाई करण केसीले एक्लै सम्हाले । ७३ रन जोड्दा ७ विकेट गुमाएको विराटनगरका करण केसीले विस्फोटक ब्याटिङ गरेपछि विराटनगरले जित निकाल्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोका करणले छक्का प्रहार गर्दै टिमलाई जितलाई सहज बनाए । उनले १९ बलमा एक बलमा एक चौका र ३ छक्का प्रहार गर्दै अविजीत ३६ रन बनाए ।

बलिङ तर्फ ललितपुरका गौरव तमोरले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

सम्बन्धित खबर