ए डिभिजन लिग : आज तीन खेल, मनाङसँग अंक बराबरी गर्ने थ्रिस्टारको लक्ष्य

दियो पोस्ट  

काठमाडौं, मंसिर २३ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुनेछन । जसमा पहिलो खेलमा सरस्वती युथ क्लव र एपीएफ खेल्नेछन भने दोस्रो खेलमा थ्रीस्टार र जाउलाखेल तथा च्यासल युथ र जाउलाखेल विच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो स्थित एन्फा मैदानमा हुने पहिलो खलमा एपीएफ र सरस्वती दुबै जितका लागि खेल्नेछन । लगातार तीन खेलमा हार ब्यहोरपछि अघिल्लो खेलमा जित निकालेको एपीएफको टिम राम्रो भएपनि केहि कम्बिनेसन अझै मिल्न सकेको छैन ।

यता सरस्वती लगातार २ खेलमा पराजित भइसकेको छ । त्यसैले पनि आज जितका साथ कमब्याक गर्न चाहन्छ । सरस्वतीको ६ खेलबाट ६ अंक नै रहेको छ भने एपीएफको समान खेलबाट सात अंक छ ।

आजै हुने अर्को खेलमा उपाधिको दावेदार तथा स्टार खेलाडीले भरिएको थ्रिस्टारले जाउलाखेलसँग खेल्नेछ । मनाङसँग हारेपनि त्यसपछि जितको यात्रालाई काम राख्न सफल थ्रिस्टार लिगको पुछार तिर रहेको जाउलाखेल विरुद्धको खेलमा तीन अंक बटुलेर मनाङसँग अंक बराबरी गर्ने लक्ष्यमा ह’नेछ ।

यता पछिल्लो खेलमा राम्रो खेल्दा खेल्दैपनि पराजित भएको जाउलाखेल थ्रिस्टार विरुद्ध कम्तीमा बराबरीका लागि मैदानमा उत्रनेछ । ६ खेलबाट मात्र चार अंक रहेको जाउलाखेल ठुलो टिम विरुद्ध एक अंक लिन पाएपनि चित्त बुझाउनेछ ।

आज नै हलचोक मैदानमा च्यासलले फ्रेन्ड्स क्लवसँग खेल्नेछ । आज च्यासलको टिममा दुई स्ट्राइकर उपस्थित हुनेछैनन । विमल घर्तिमगर बेल्जियम गएका छन भने सन्तोष साउखल दुई पहेलो कार्डका कारण अनुपस्थित हुनेछन । जसको फाइदा फ्रेन्सलाई हुन सक्नेछ ।