काठमाडौं, मंसिर २३ । टियू स्टेडियममा जारी टिभिएस एभरेष्ट प्रिमियर लिगको तेस्रो खेलअन्तर्गत आइतबार भैरहवा ग्ल्याडियटर्सले ब्याटिङ गरिरहेको छ ।
टस जितेको पोखराले भैरहवालाई ब्याटिङको निम्तो दिएको हो । दुबै टोली सुखद शुरुवातको खोजीमा रहेका छन् । गत बर्षको लिगमा उपविजेता बनेको पोखरा आजको खेलमा पनि जित निकाल्ने योजनामा रहेको छ ।
शक्ति गौचनको कप्तानीमा रहेको पोखरामा विनोद भण्डारी, सुनिल धमला, राजेश पुलामी मगर, सुशान भारी, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम शोब, नन्दन यादब लगायतका खेलाडीहरु रहेका छन् । विदेशी खेलाडीहरुमा स्कटल्याण्डका कायल कोल्टजर, इंग्ल्याण्डका पाउल कोलिङ, दक्षिण अफ्रिकाका रिचार्ड लेभी र हङकङका सन्नी भिमसारिया छन् ।
यता शरद भेष्वाकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्स प्रदीप ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दिपेश श्रेष्ठ र भुपेन्द्र थापा छन् । विदेशी खेलाडीहरुमा यूएईका मोहम्मद नाभिद, नेदरल्याण्ड्सका ड्यासच्याट र भारतका रविइन्दर सिंह छन् ।