इपीएलमा पोखराको निराशाजनक प्रदर्शन, विराटनगरसामु ८५ रनको सस्तो लक्ष्य

Diyo post  

काठमाडौँ, मंसिर २३ । एभरेष्ट प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा पोखराले विराटनगरसामु ८५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८४ रन बनाएको हो ।

पोखराका अपेक्षित खेलाडीबाट अनपेक्षित प्रदर्शन भएपछि थोरै रनमा समेटिएको हो । भैरहवाविरुद्ध अर्धसतकिय रन बनाएका रिचर्ड लेभी आजको खेलमा ३ रनमै पवेलियन फर्के । त्यस्तै सुवेदू पाण्डे शुन्य रनमा बाहिरिए भने विनोद भण्डारीले एक रन मात्र बनाए । ८५ रनको लक्ष्यको लागि पाउल कोलिनले २० रन जोडे भने राजेश पुलामीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले भने सामान्य प्रदर्शनमात्र पनि गर्न नसक्दा पोखरा सस्तो रनमा समेटिएको हो । आजको खेल पोखराको लागि गर या मरको स्थितिमा थियो ।

विराटनगरका लागि विराटनगरका पाउल भान मिकेरिनले ३ तथा भान डेर मेर्वीले २ विकेट लिए भने बसन्त रेग्मी र स्मित पटेलले १–१ विकेट लिए ।

सम्बन्धित खबर