इपिएलः भैरहवाद्धारा चितवनसामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत

Diyo post  

काठमाडौँ, मंसिर २५ । एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्सले चितवन राईनोजसामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले १९.३ ओभर खेल्दै १ सय ४३ रन बनाएको थियो ।

भैरहवाका लागि नेदरल्यान्डस्का खेलाडी रायन टेन डेसकाटेले सर्वाधिक ३५ रन बनाएका थिए । उनले २५ बलमा तीन छक्का र एक चौका प्रहार गरेका थिए । त्यस्तै प्रदिप ऐरिले १८ बलमा २६ रन बनाए । अघिल्लो खेलमा निकै चम्किएका ब्याट्सम्यान रवि इन्दर सिं आजको खेलमा भने जम्न सकेनन् । उनले २१ बलमा तिन चौकाको मद्दतले २५ रनको योगदान दिए । आरिफ सेख र पुनीत मेहराले १८ र १२ रन बनाए । भैरहवाका कप्तान शरद भेष्वाकर भने एक रनमै आउट भए ।

चितवनका लागि सागर ढकालले सर्वाधिक तीन विकेट लिए भने जर्ज स्कटले २ विकेट लिए । भैरहवाले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउँदै चितवन ब्याटिङमा उत्रिएको छ । राम्रो शुरुवात गरेको चितवनले जारी खेलको ४ ओभर सकिँदा ४५ रन बनाएको छ भने कुनैपनि विकेट खसेको छैन ।

सम्बन्धित खबर