भैरहवाको लगातार दोस्रो जित, चितवनका लागि दोस्रो चरण कठिन

Diyo post  

काठमाडौं । शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पृथु बास्कोटाको चितवन टाइगर्सलाई १२ रनले हराएर भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।

चितवनले दिएको १४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १३१ रन बनाउन सक्यो ।

चितवनका लागि पाउल स्टर्लिङले ३८ रन जोड्दा जोन सिम्पसनले २६ रन जोडे । यस्तै दिलीप नाथले १२ रन जोड्दा शाहब आलम १६ रनमा अविजित रहे ।

भैरहवाका कप्तान शरद भेषावकर र रबी इन्दर सिंहले सान २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभर ३ बलमा अलआउट हुँदै १४३ रन जोडेको थियो । भैरहवाका लागि रायन टेन डेसकाटेले ३५ रन जोड्दा प्रदीप सिंह ऐरीले २६ रन जोडे । यस्तै रबी इन्दर सिंहले २५ रन जोड्दा आरिफ शेखले १८ रन बनाए ।

चितवनका सागर ढकालले ३ तथा जर्ज स्कटले २ विकेट लिए ।

चितवनविरुद्धको जितसंगै भैरहवाले २ खेलबाट ४ अंक जोडेको छ । साबिकको उपविजेता समेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो ।

चितवनको भने यो लगातार तेस्रो हार हो । यो हारसंगै चितवनको दोस्रो चरणको यात्रा कठिन बनेको छ । चितवनको अब गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।

चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौंसंग पराजित भएको थियो ।

सम्बन्धित खबर