प्रचण्डलाई जन्मदिनमा विद्यार्थीको ‘सरप्राइज’ : एकाबिहानै विद्यार्थी नेताले खुवाए यस्तो ‘केक’ !

दियो पोस्ट  

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन्मदिन मनाएका छन् । आज मंसिर २६ गतेबाट ६४ वर्ष पुरा भई ६५ औँ बर्षमा प्रवेश गरेका उनलाई जन्मदिनको शुभकामना दिन एका विहानै विद्यार्थी, युवा संगठन लगायतका भातृ संगठनका कार्यकर्ता केक लिएर दाहाल निवास खुमलटार पुगेका थिए ।

पूर्व माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लेखिएको केक अध्यक्ष दाहालले काटेका थिए ।
बुधबार विहान उनलाई शुभकामना दिन विद्यार्थी अध्यक्ष रन्जित तामाङ नेतृत्वको टोली निवास पुगेको थियो । त्यहाँ उनलाई सांसद कालिबहादुर मल्लले पनि शुभकामना दिएका थिए ।

२०२८ सालदेखि कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिक यात्रामा हाम फालेका नेकपाका अध्यक्ष प्रचण्डको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको थालनी भएको थियो ।

१० वर्षे युद्धको नेतृत्व गरेका उनकै नेतृत्वमा देश पुन शान्ति प्रक्रियामा प्रवेश गरी गणतन्त्रमा प्रवेश गरेको थियो । संविधान सभा, गणतन्त्र, समावेशीता, संघीयता लगायतका एजेन्डा लागु गराउन उनको नेतृत्वदायी भूमिका रहेको आम बुझाई छ । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत रहेका उनी २ पटकसम्म प्रधानमन्त्रीमा निर्वाचित भइसकेका छन् ।