काठमाडौं, २७ मंसिर । च्याम्पियन्स लिगमा गएराती भएका खेलमा प्रतिष्ठित क्लबहरु पराजित भएका छन् । तर, पराजयका बाबजुद पनि उनीहरु अन्तिम १६ मा प्रवेश गर्न सफल भए । गएराती भएको खेलमा ग्रुप जीको रियल सिएसके मस्कोसँग ३–० गोल अन्तरले पराजित भए पनि समूहमा पहिलो हुँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।
त्यस्तै, गएराती भएको ग्रुप एचको खेलमा क्रिश्चियानो रोनाल्डोको टिम युभेन्टस् योगं ब्वाइजसँग २–१ ले पराजित भए पनि अन्तिम १६ मा प्रवेश गर्यो । यसै समूहमा म्यानचेस्टर युनाइटेड भ्लालेन्सियासँग पराजित भएर पनि अन्तिम १६ प्रवेश गर्न सफल भयो ।
कुन समूहबाट कुन टोली अन्तिम १६ मा पुगे ?
समूह एबाट बोरुसिया डर्टमुन्ड र एथलेटिको म्याड्रिड अन्तिम १६ मा पुगे । समूह बीबाट बार्सिलोना र टोटनहम अन्तिम १६ मा पुग्दा इन्टरमिलान अभागी सावित हुन पुग्यो । किनकी टोटनहमको जति नै ८ अंक र गोल अन्तर पनि बराबरी हुनुको बाबजुद उसँगको हेडटुहेडबाट टिम बाहिरियो ।
समूह सीबाट पिएसजी र लिभरपुल अन्तिम १६ मा पुग्दा नापोली पनि उस्तै दुर्भाग्यको सिकार भयो । लिभरपुलसँगै नापोलीको पनि ९ नै अंक भए पनि हेडटुहेडमा नापोली पछाडि पर्यो ।
समूह डीबाट पोर्टो र साल्के, इबाट बार्यन म्युनिख र अजाक्स, एफबाट म्यानचेस्टर सिटी र लियोन अन्तिम १६ मा पुगे । जीबाट रियल र एएस रोमा, एचबाट युभेन्टस् र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएका हुन् । अब यी १६ टिमबीच ड्र गरेर प्रतिद्धन्द्धी छनोट गरिन्छ ।