कांग्रेसी गाउँपालिका उपाध्यक्षद्वारा महिलामाथि यस्तो हर्कत– ‘भोट एमालेलाई हालिस्’ ! (भिडियोसहित)

diyopost.com
Diyo post  बिहिबार, मंसिर २७, २०७५ | १३:२१:४६

दियोपोस्ट संवाददाता

धादिङ, २७ मंसिर । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिलवालले एक महिलालाई दुव्र्यबहार गरेको पाइएको छ ।
बिहीबार विहान बाटो विस्तारका क्रममा सलाङघाट पुगेका उनले स्थानिय महिलालाई प्रतिशोधपूर्वक गाली गरेको भिडियोमै देखिन्छ ।

‘तँ बकवास हो । सलाङघाटको भाँट चाहीँ तँ होस्,’ सिलवालले यसो भनेपछि ती महिलाले दाई तपाईं प्रतिनिधी हो,’ भनेकी छिन् तर जवाफमा सिलवालले आक्रोशित हुँदै भनेका छन्,‘हो म प्रतिनिधि हो । तैँले दिएको भोट फिर्ता गर्नु पर्यो मैले ? तैँले दिएको भए पो फिर्ता गर्ने ? तैँले भोट कसलाई दिन्छेस् । तेरो भोट फिर्ता दिन्छु म । तलाईं लाज लाग्दैन । तैँले बनाएको प्रतिनिधि होइन म । उहाँ भोट हालिस् एमालेलाई, यहाँ भोट हालिस् एमालेलाई । तेरो पुजा कोठा हो यो ?’

सिलवालले महिलामाथि यस्तो दुव्र्यबहार गरिरहँदा प्रहरीको हवल्दार भने निरिह जस्तो हेरिरहेका थिए ।

‘तँ मेरो नाउँमा उजुरी गरेर हिँड । अरुलाई भन मेरो दाइले घर भत्काइदियो,’सिलवालले उक्त महिलालाई भनेका छन् । सिलवाल नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका हुन् ।

भिडियाे हेर्नुहाेस्

 

सम्बन्धित खबर