नेपाली पत्रकार नै विदेशी जासुस : दैनिक पत्रिकाकै रिपोर्टरले बुझाए चीनमा यस्तो रिपोर्ट !

diyopost.com
Diyo post  बिहिबार, मंसिर २७, २०७५ | १५:०१:२०

काठमाडौं । पत्रकारले समाचार संकलन, लेखन जस्ता काम गर्नुपर्ने हो । समाचारको खेती गर्ने पत्रकार विभिन्न धन्दामा लाग्न थालेका छन् । देशको आन्तरिक मामिलामा विदेशीसँग रिपोर्ट बुझाउनु पत्रकारिताको आचार संहिता भित्र नपर्नु पर्ने हो । नेपालमा पत्रकारिता गरिरहेका एक पत्रकारले विदेशी खुफिया एजेन्सीलाई रिपोर्ट बुझाएको समेत पाइएका छ ।

राजधानीबाट प्रकाशित हुने एक मुख्य दैनिक पत्रिकाका एक रिपोर्टरले केही दिनअघि चीनमा नेपाल सम्बन्धि गोप्य रिपोर्ट बुझाएर आएको खुलाशा भएको हो ।

दैनिक पत्रिकामा अपराध क्षेत्रमा रिपोर्टीङ गर्ने पत्रकारले चीनको खुफिया एजेन्सीलाई नेपाल, भारत र चीनको भूमिकाका बारेमा एक रिपोर्ट बुझाएर आएको पाइएको हो । ती पत्रकारले चीनमा बुझाएको रिपोर्ट बापत के बुझे रहस्यको गर्भमै छ । तर, उनले बुझाएको रिपोर्ट भने फेला परेको छ ।

ती पत्रकारलाई खुफिया एजेन्सीले नेपालमा चिनिया जलविद्युत प्रोजेक्ट निर्माणका लागि नेपाल सरकारको नीति के हो ? भनेर पहिलो प्रश्न सोधिएको थियो ।
जवाफमा उनले भनेका छन्,‘नेपाल सरकारले जलविद्युत क्षेत्रमा लगानीको लागि सधैँ आफ्ना छिमेकीलाई स्वागत गर्दछ। सुरुदेखि नै नेपाल एक चीनको नीतिमा समर्थनमा छ । जुन नेपालको सबैभन्दा ठूलो भरोसा चीनसँग छ । नेपाललाई जलस्रोतको दोस्रो धनी देशको रुपमा बुझिन्छ ।मेरो विचारमा नेपाल सधैँ चीनको जलविद्युत् स्टेशनमा लगानीको लागि स्वागत गर्दछ जसले दुवै देशलाई लाभ पुऱ्याउन सक्छ र नेपाली नागरिकलाई पनि चीनको अनुकूल वातावरण बनाउनेछ। भारतको सन्दर्भमा, यो एक अलग मुद्दा हो किनभने भारतसँग खुला सीमा र खुला व्यापार कायम छ । भारतले विभिन्न क्षेत्रहरूको जलविद्युतमा लगानी गरेको छ । मलाई लाग्छ भारतले विरोध गर्ने छैन । किनभने भारतको नेपाल र चीन दुवैसँग मैत्रिपूर्ण सम्बन्ध छ ।
त्यस्तै ती पत्रकारले अर्को प्रश्नको पनि उत्तर दिएका छन् । जसमा सोधिएको थियो– नेपाल सरकारले चीन र भारतसँगको सम्बन्धलाई कसरी सन्तुलन गर्दछ ? चीन वा भारतमध्ये कसबाट के सहयोग अपेक्षा गर्दछ ?’

जवाफमा उनले लेखेका छन्–‘ नेपाल चीन र भारतबीचमा रहेको राष्ट्र हो । यो दुवै देशको राम्रो साथी पनि हो । सुरुदेखि नै नेपालको दुवैदेशसँग सुसंगत सम्बन्ध छ । विशासशिल देशको रुपमा रहेको नेपाललाई दुवै देशको सहयोग चाहिन्छ । सडक, उद्योग, पर्यटन जलविद्युत, कृषि सबै क्षेत्रहरूको विकास राम्रोसँग हुन सकेको छैन ।

नेपाल र भारत दुवैलाई सम्मान गर्न चाहान्छन् । मूलतया नेपाललाई सहयोग चाहिन्छ,– सडक, हाइड्रोपावर, उद्योग, पर्यटन र कृषिका क्षेत्रका लगानी गर्न आउनेलाई नेपालले स्वागत गर्नेछ ।’

ती पत्रकारलाई अन्तिममा भने भारतीयहरुले चाहेको नयाँ व्यापारीक परियोजनाको अवस्थाबारे जानकारी माग गरिएको छ ।

उनले जवाफमा भनेका छन्,‘यो मुद्दा नेपाली राजनीतिको ‘हटकेक’ बनिरहेको छ ।

नेपाल भूपरिवेष्ठित राष्ट्र हो । यो मुद्दालाई जनताले पनि चर्चा गरिरहेका छन् । तर अहिले नै कन्क्रिट कुरा भन्न सकिने अवस्था छैन । यो छिट्टै हुन्छ भन्ने पनि मलाई लागेको छैन ।

नेपालले भनिरहेको चाइनादेखि नेपालसम्मको रेलवेय कहाँबाट सुरु हुँदैछ भन्ने अन्यौलता छ । भारतले यसलाई कसरी प्रभाव पार्न सक्छ ? रेलवेय चीनका सबै सिमा नाकाहरुमा जोडिनुपर्छ । तर, यो रसुवा, मुस्ताङ, दार्चुला र तातोपानीबाट जोडियो भने बेत्तर हुनेछ । काठमाडौं रसुवा र तातोपानी नाका जोडियो भने निकै सहज हुनेछ । भारतले यो नाकालाई कुनै असर गर्न सक्दैन । चीनको आफ्नै चाहना हुनुपर्छ । भारतले पहिल्यै नै जनकपुर बोर्डरबाट रेल ल्याउने तयारी गरिसकेको छ ।’

सम्बन्धित खबर