३०० रुपैयाँले घट्यो सुनकाे मुल्य, प्रतितोला ५९ हजार पाँच सय

diyopost.com
Diyo post  बिहिबार, मंसिर २७, २०७५ | १८:३४:५०

काठमाडौँ, २७ मङ्सिर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार प्रतितोला रु ५९ हजार ८०० मा सुन कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घल जनाएको छ । महासङ्घका अनुसार तेजावी सुन  ४०० ले घटेर आज प्रतितोला  ५९ हजार २०० मा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला रु ७३० मा कारोवार भएको चाँदी आज  पाँचले बढी  ७३५ मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य  ५१ हजार १० कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको मूल्य भने  ६३० तोकिएको छ ।

सम्बन्धित खबर